Message from CEO

नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त मिसन डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय पश्चिमान्चल क्षेत्रको प्रमूख औद्योगिक तथा व्यापारीक नगरी बूटवलमा रहेको छ । यस बैंकलेे आफ्नो स्थापनाको चौथोे बर्षसफलतापर्ुवक पूरा गरी पाँचौ बर्षा प्रवेश गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको पहूंच कम रहेको ग्रामीण एवम् शहरोन्मूख ग्रामीण क्षेत्रहरुमा आफ्नो वित्तीय सेवाहरु प्रदान गर्दै छरिएर रहेको पुजींलाई एकत्रित गरी उत्पादनशील विभिन्न क्षेत्रहरुमा लगानी गरी न्यून आय तथा पिछाडिएका वर्गहरुलाई लक्षित गरी आफ्ना नीति तथा कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । सोही अनुरुप बैंकले मिसन ल३ूवित्त परियोजनाको समेत शूरुवात गरेको छ । त्यसरी नै बैंकले लगानीको लागि कृषि, साना तथा मझौला उद्योग, उत्पादन मुलक क्षेत्र एवं बैंकिé पहूच नपुगेका ग्रामिण क्षेत्रमा बसोबास गर्ने बिपन्न बर्गहरुलाई लक्षित गरेको छ । साथै तपाईहरुको विश्वास र सद्भावका कारण यस बैंकले आफ्नो सेवा तथा कार्यक्रमहरु लक्षित समुह तथा योजना अनूरुप कार्यान्वयन गरी सेवा विस्तार गर्न सफल भएको छ ।

आर्थिक तथा सामाजिक विकासमा महत्वपर्ुण्ा भूमिका निर्वाह गर्ने उ२ेश्यका साथ स्थापित यस बैंकको अधिकृत पुंजी २० करोड, जारी पुंजी १० करोड र चुक्ता पंुजी पनि १० करोड रहेको छ । बैंकको हालसम्म केन्द्रीय कार्यालयका अतिरिक्त ड वटा शाखा कार्यालयहरु म्ाार्फ वित्तीय सेवा प्रदान गर्दे आईरहेको छ । बैंकले बचत संकलन तथा लगानीको अतिरिक्त ग्राहकको चाहना अनूरुप अत्याधूनिक बैंकिé सेवाहरु, क्ःक् द्यबलपष्लन सेवा, ब्त्ः सेवा, ब्द्यद्यक् सेवा र रेमिटान्स सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले यसै आ.व.देखि नै सूनचादी कर्जा समेत प्रदान गर्दै आएको छ, आगामी दिनमा ग्राहक महानूभावहरुको सेवा तथा सूविधालाई मध्यनजर गर्दै विभिन्न बैंकिé सूविधा थप गर्दै लैजाने नीति रहेकोे छ ।

अन्त्यमा, यस बैंकको सफल संचालनमा सहयोग पूर्याउनू हूने आदरणीय ग्राहकवर्ग, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड तथा सम्बन्धित अन्य निकायहरु, संस्थापक एवम् र्सवसाधारण शेयरधनी महानूभावहरु, बैंकका शूभचिन्तक महानूभावहरु एवम् लगनशील र कर्तब्यनिष्ठ कर्मचारी वर्गहरुबाट प्राप्त सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा ग्राहकहरुको चाहना र समय सापेक्ष अझ व्यवस्थित र अत्याधूनिक तथा गूणस्तरीय बैंकिé सेवाहरु प्रदान गर्दै जाने प्रतिब४ता व्यक्त गर्दछु ।

-हरिप्रसाद घिमिरे
प्रमूख कार्यकारी अधिकृत